बेलायतका राजा चार्ल्स तृतीयलाई अबुर्द (क्यान्सर)रोग , बिश्वभरिका नेताहरुद्वारा शीघ्रलाभको कामना

इनेप्लिज २०८० माघ २३ गते १:२५ मा प्रकाशित

बेलायतका राजा चार्ल्स तृतीयलाई अबुर्द (क्यान्सर)रोग भएको बकिङ्घम दरवारले घोषणा गरेको छ । यो खबर सुन्ने बित्तिकै बिश्वभरिका नेताहरुले शीघ्रलाभको कामना गरेका छन् ।

तर दरबारले अबुर्द रोगको प्रकार वा उपचारको प्रकार तोकेको छैन भनि एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ । ७५ वर्षीय राजा चार्ल्सलाई अबुर्द रोग भएको बकिङ्घम दर्बारले सोमबार घोषणा गरेको हो ।

उनलाई पुर:स्थ ग्रन्थि वृद्धि (बेनाइन प्रोस्टेट) भएकोले हालसालै अस्पताल भर्ना गरिएको थियो । र ,पछिल्लो निदान परीक्षणहरूले अबुर्द रोग (क्यान्सर)भएको पुष्टी गरेको बिज्ञप्तिमा जनाईएको छ ।

सोमबार, चार्ल्सले नियमित उपचारको तालिका सुरु गरेको जनाएका छन् । उनलाई चिकित्सकहरूले सार्वजनिक रूपमा अन्य कार्यक्रमहरुमा नजान सल्लाह दिएको दरबारको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले आफ्नो चिकित्सा टोली प्रति कृतज्ञता ज्ञापन गरेका छन् । र ,सकेसम्म चाँडो पूर्ण स्वास्थ्य भै सार्वजनिक रुपमा आफ्नो कर्तव्यमा फर्कन तत्पर रहेको उनले बताएका छन् ।

राजकुमार ह्यारीले आफ्ना बुबासँग कुरा गरे र आगामी दिनमा बेलायत जाने भएका छन् । दरबारका प्रवक्ताका अनुसार रानी क्यामिलाले चार्ल्सको बदलामा सार्वजनिक कार्यक्रम र कर्तव्यलाई निरन्तरता दिने भएकी छिन ।

बकिङ्घम दरबारका अनुसार एक हप्ता अघि जनवरी २९ मा, चार्ल्सलाई बढेको पुर :स्थ (प्रोस्टेट)को उपचार गर्ने प्रक्रियाबाट गुज्रिएपछि द लन्डन क्लिनिकबाट उनलाई रिहा गरिएको थियो।

उनको यो खबर सुन्ना साथ प्रधानमन्त्री ऋषि सुनकले सामाजिक सञ्जालमा चार्ल्सको “पूर्ण र शीघ्र स्वास्थ्यलाभ” को कामना गरेका छन्।

राष्ट्रपति जो बाइडेनले सोमबार पत्रकारहरूलाई भर्खरै चार्ल्सलाई कुरा गर्ने प्रयास गरेको बताए । म उनको बारेमा चिन्तित छु,बाइडेनले भने। मैले भर्खरै उनको निदान सुनेको छु, तर म उनिसँग कुरा गर्नेछु ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमा छिटो र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक संजाल एक्स सोमबार शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि सेप्टेम्बर २०२२ मा राजा हुँदा चार्ल्स ७३ वर्षका थिए।

प्रतिक्रिया