क्यालिफोर्नियामा १ करोड ४० लाख मानिसहरु अत्यधिक बर्षाको जोखिममा 

इनेप्लिज २०८० माघ २२ गते १९:४२ मा प्रकाशित

क्यालिफोर्नियामा १ करोड ४० लाख मानिसहरु अत्यधिक बर्षाको जोखिममा रहेको सिएनएनले जनाएको छ ।

लस एन्जलसमा  नदीमा आएको बाढीले १४ मिलियन(१ करोड ४० लाख) भन्दा बढी मानिसहरूलाई अत्यधिक वर्षाको लागि उच्च जोखिम तहमा राखिएको छ।

हलिउड हिल्सलगायत क्यालिफोर्नियामा पहिरोको जोखिमका कारण घरहरू खाली गराइएको छ ।

तेज हावाको कारण रूख ढलेर एक व्यक्तिको मृत्यु भएको छ।

आइतवार लस एन्जेलसमा  लगभग २० वर्षमा सबैभन्दा चिसो दिन  भएको छ ।२४ घण्टामा एक महिना भन्दा बढीको पानी जम्मा भएको छ ।शहरको मूख्य भागमा आइतवार ४. १० इन्च बर्षा भएको छ । 

आइतवार बिहानदेखि हालसम्म सान्टा मोनिका माउन्टेन्सको सेपुल्वेडा क्यान्यनमा ९.९५ इन्च, बेल एयरमा क्षेत्रमा ९.८२इन्च र लस एन्जलसको छिमेकमा ८.६२ इन्च बर्षा भएको छ ।

प्रतिक्रिया