इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । इराकी सरकारले आधिकारिक रुपमा उक्त घटनाको विज्ञप्तिमा पुष्टि गरेको छ ।
“अमेरिकी प्रशासनले इराकको सार्वभौमसत्ता विरुद्ध नयाँ आक्रामकता गरेको छ,अल-काइम क्षेत्रहरूमा हाम्रा सुरक्षा बलहरूको स्थानहरू र साथै छिमेकी नागरिक स्थानहरूमा धेरै अमेरिकी विमानहरूले बमबारी गरेका छन् ,” बिज्ञप्तिमा भनिएको छ ।
“यो निर्मम आक्रमणले सर्वसाधारण सहित १६ जना शहीद हुनुका साथै २५ जना घाइते भएका छन्। यसले आवासीय भवन र नागरिकको सम्पत्तिमा पनि क्षति पुर्याएको छ।”
इराकीले यो हमलाहरूले “इराक र क्षेत्रको सुरक्षालाई नर्कको छेउमा पुर्याउने” र उनीहरूले यस क्षेत्रमा “आवश्यक स्थिरता स्थापना” गर्ने संयुक्त राज्य अमेरिकाको प्रयासको सीधा खण्डन गर्ने बताए।
प्रतिक्रिया