रुस र युक्रेनद्वारा रहस्यमय विमान दुर्घटनापछि ‘प्रमुख’ कैदी आदानप्रदान पूरा गरे 

इनेप्लिज २०८० माघ १७ गते १७:५३ मा प्रकाशित

रुस र युक्रेनले सयौं युद्धबन्दीहरू आदानप्रदान गरेका छन ।

रूसी सैन्य विमानको घातक दुर्घटना पछि पहिलो पटक थप कैदी आदान-प्रदान गरेको सिएनएनले समाचार लेखेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार २०७ जना युक्रेनी सैनिकलाई फिर्ता गरिएको बताएका छन् भने रुसी रक्षा मन्त्रालयले १९५ जना रुसी सैनिकलाई प्राप्त भएको बताएको छ ।

हाम्रो घरमा २०७ जना केटाहरु आएको  जेलेन्स्कीले बताए।

फर्किएकाहरूमध्ये झन्डै आधाहरू युद्धको प्रारम्भिक हप्ताहरूमा क्रूरतापूर्वक घेरा हालेको दक्षिणी युक्रेनी शहप मारिउपोलका रक्षकहरू थिए ।

जेलेन्स्कीका अनुसार रुसले लगभग दुई वर्ष पहिले पूर्ण मात्रामा आक्रमण सुरु गरेपछि ५० कैदीको आदानप्रदान भएको बताए।

युक्रेनले हाल सम्म ३०३५ सैनिकहरुलाआ घर ल्याएको जनाए।

प्रतिक्रिया