हमासद्वारा बन्धक बनाईएका भनिएको एक इजरायली सैनिकको मृत्यु भएको इजरायलद्वारा घोषणा ,मृतक बन्धकहरूको संख्या २९ पुग्यो

इनेप्लिज २०८० माघ १७ गते १२:३२ मा प्रकाशित

हमासले बन्धक बनाईएका भनिएको एक इजरायली सैनिकको मृत्यु भएको इजरायलले घोषणा गरेको छ । इजरायल प्रहरीले उक्त प्रहरी अधिकारीको मृत्यु भएको घोषणा गरेको छ भने हाल सम्म मृतक बन्धकहरूको संख्या २९ पुगेको छ ।

इजरायल प्रहरीले अक्टोबर ७ हमासको आक्रमणमा मारिएका एक अधिकारीको शव गाजा लगिनु अघि नै मृत्यु भएको घोषणा गरेको छ ।

प्रथम श्रेणीका रान गीभिल नामक प्रहरी अधिकारीलाई मंगलबार धेरै मन्त्रालयहरू, गुप्तचर निकायहरू, इजरायली प्रहरी र इजरायलका प्रमुख रब्बीका प्रतिनिधिहरू सहितको समितिले मृत घोषित गरेको थियो।

इजरायली अधिकारीहरूका अनुसार आक्रमणको क्रममा लिइएका करिब २५० बन्धकमध्ये अधिकारीलाई गनिन्छ, जसमध्ये १०० भन्दा बढीलाई रिहा गरिएको छ।यो घोषणा संगै मृतकको संख्या २९ पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया