अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा संयुक्त राष्ट्र संघको निकायका कर्मचारीहरुको संलग्नताको आरोप पछि ९ वटा राष्ट्रद्वारा रकम रोक्का

इनेप्लिज २०८० माघ १४ गते १३:२५ मा प्रकाशित

गत बर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा संयुक्त राष्ट्र संघको निकायका कर्मचारीहरुको संलग्नताको आरोप पछि ९ वटा राष्ट्रहरुले हाललाई रकम रोक्का गरेका छन् ।

अक्टोबर ७ आरोपको कारण ९ वटा राष्ट्रहरूले युएनआरडब्लुएमा दिदै आएको आर्थिक योगदानलाई अस्थायी रुपमा निलम्बन गरेका छन् ।

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रको राहत र कार्य निकाय (एजेन्सी)लाई रकम रोक्ने राष्ट्रहरूको संख्या बढेर ९ पुगेको छ ।

इजरायली अधिकारीहरूले अक्टोबर ७ हमासको हमलामा निकायका केही कर्मचारीहरू संलग्न रहेको आरोप लगाएपछि रकम रोक्का गरिएको हो।

शनिबार सम्म रकम रोक्का गर्ने देशहरुमा क्रमस बेलायत, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र फिनल्याण्डले संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र क्यानडा रहेका छन् ।

युएनआरडब्लुएको जीवन बचाउने सहायता निकाय (एजेन्सी)लाई आफ्नो आर्थिक कोष कटौती गर्ने देशहरूको निर्णय पछि समाप्त हुन लागेको छ। हाम्रो मानवीय कार्य, जसमा गाजाका २० लाख मानिसहरूलाई जीवनरक्षकको रूपमा यसले सहयोग गर्दै आएको र यो रोक्काले अब ध्वस्त हुँदैछ। म स्तब्ध छु कि यस्ता निर्णयहरू कथित व्यवहारमा आधारित छन्। युद्ध जारी रहँदा भोकमरी बढ्दै गएको छ, युएनआरडब्लुएका आयुक्तले एक विज्ञप्तिमा भने।

यसै गरि संयुक्त राष्ट्र प्रमुखले युईनआरडब्लुएमा कोष जारी राख्न अपील गरेका छन् । संयुक्त राष्ट्र संघका महासचिवले गाजाका लागि जिम्मेवार राष्ट्रसंघीय सहायता एजेन्सी(निकाय)लाई सहयोग जारी राख्न आइतबार अपील गरेका छन्।

इजरायलले आफ्ना १२ जना कर्मचारीलाई अक्टोबर ७ हमासको आक्रमणमा संलग्न भएको आरोप लगाएपछि संयुक्त राज्य अमेरिकालगायत नौ देशले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी(निकाय )लाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन्।

प्रतिक्रिया