गाजा खान युनिसमा संयुक्त राष्ट्रसंघको आश्रयस्थलमा गोली हानाहान हुँदा मृत्यु हुनेको संख्या १२ पुग्यो : युएनआरडब्ल्यूए

इनेप्लिज २०८० माघ ११ गते १२:५६ मा प्रकाशित

गाजा खान युनिसमा संयुक्त राष्ट्रसंघको आश्रयस्थलमा गोली हानाहान हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको युएनआरडब्ल्यूएले जनाएको छ ।

युएनआरडब्ल्यूएका निर्देशक थोमस ह्वाइटले बिहीबार एक विज्ञप्ति जारी गर्दै खान युनिसमा संयुक्त राष्ट्रसंघको आश्रयस्थलमा गोलाबारी हुँदा मारिनेको संख्या १२ पुगेको छ।

अन्य ७५ जना घाइते भएका छन् भने जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको ह्वाइटले बताए ।

हजारौं मानिसहरूलाई आतिथ्यता गर्ने युएनआरडब्ल्यूए प्रशिक्षण केन्द्रको एक भागमा दुईवटा गोला प्रहार भएको र आगो लागेको ह्वाइटले बताए ।

संयुक्त राष्ट्रका कर्मचारीहरू बुधवार साँझ खान युनिसको पश्चिममा रहेको स्थानमा पुग्न सफल भएको ह्वाइटले भने।

खान युनिसमा नागरिक स्थलहरूमा लगातार आक्रमणहरू पूर्णतया अस्वीकार्य छन् र तुरुन्तै बन्द गर्नुपर्छ,ह्वाइटले भने।

प्रतिक्रिया