हुथी विद्रोहीद्वारा अडेनको खाडीमा रहेको अमेरिकी युद्धपोतमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी

इनेप्लिज २०८० माघ ११ गते १२:२४ मा प्रकाशित

हुथी विद्रोहीले अडेनको खाडीमा रहेको अमेरिकी युद्धपोतमा क्षेप्यास्र आक्रमण गरेको दाबी गरेका छन् ।

यमनका हुथी विद्रोहीहरूले गत बुधबार अडेनको खाडी र बाब अल-मन्डब जल डमरु (स्ट्रेट)मा अमेरिकी युद्धपोतहरूलाई प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल)हरू प्रहार गरेको हुथी प्रवक्ताले बुधबार बताए।

यमन समूह अमेरिकी युद्धपोतहरूसँग सक्रिय रहेको थियो जसले दुई अमेरिकी व्यावसायिक जहाजहरूलाई जोगाउन खोजेको प्रवक्ता याह्या सारीले एक विज्ञप्तिमा भने।

उनले एउटा जहाजलाई “प्रत्यक्ष प्रहार” गरेको र दुईवटा अमेरिकी व्यावसायिक जहाजहरू यस क्षेत्रबाट फर्किन बाध्य भएको सारीले बताए ।

हाम्रा धेरै प्राक्षेपिक क्षेप्यास्त्रहरूले उनीहरुको युद्धपोतहरूलाई रोक्ने प्रयास गरे तापनि तिनीहरूको लक्ष्यमा प्रहार भएको उनले जनाए ।

इरान समर्थित हुथीहरूले गाजामा इजरायल र हमासबीचको युद्ध समाप्त नभएसम्म व्यापारिक ढुवानीमा आफ्ना आक्रमणहरू नरोक्ने बताएका छन्।

प्रतिक्रिया