चीनमा शक्तिशाली ७.१ परिमाणको भूकम्प , कम्तिमा ३ जनाको मृत्युको साथै ५ जना घाइते

इनेप्लिज २०८० माघ १० गते ११:५४ मा प्रकाशित

पश्चिमी चीनमा शक्तिशाली ७.१ परिमाण (म्याग्नीट्युड )को भूकम्पपछि हजारौं मानिस घरबार छाड्न बाध्य भएका छन् ।

बुधबार पनि पश्चिमी चीनमा पराकम्पन आइरहँदा १२,००० भन्दा बढी मानिसहरू पाल र अन्य आश्रयस्थलहरूमा बसिरहेका सिएनएनले जनाएको छ ।

उनीहरु चिसो मौसमबाट बच्न आगो बाल्दै बसिरहेका छन् । अघिल्लो दिन चीनको सिनजियाङ क्षेत्रको दुर्गम क्षेत्रमा गएको ७.१ परिमाण (म्याग्निच्युड)को भूकम्पमा तीन जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए । पछिल्लो जानकारी अनुसार सयौं भवनमा क्षति पुगेको छ ।

चिसो तापक्रमको बीचमा भूकम्पले महत्त्वपूर्ण क्षति गरेको तर कजाकिस्तानको सिमानामा रहेको उचतुर्पान काउन्टीको केन्द्रबिन्दुको वरिपरि थोरै जनसङ्ख्याका कारण जीवन र सम्पत्तिको क्षति अपेक्षाकृत न्यून रहेको सिएनएन समाचारमा उल्लेख गरेको छ ।

उचतुर्पानका १६ वर्षीय विद्यार्थी जियान गेवाले भूकम्प सुरु हुँदा आफू बाथरूममा रहेको बताए । किजिल्सु किर्गिज प्रान्तमा भूकम्पले ८५१ भवनहरूमाक्षति पुर्‍याएको छ।

केन्द्र नजिकैको ९३ वटा संरचनाहरू भत्किएका छन् । ९१० पशुधनको मृत्यु भएको छ।

प्रतिक्रिया