गाजाको स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या प्रकाशित गरेको छ ।
गाजामा अक्टोबर ७ यता इजरायली आक्रमणबाट मारिएका प्यालेस्टाइनीको संख्या २३,८४३ रहेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार एक विज्ञप्तिमा ६० हजार भन्दा ज्यादा मानिसहरु घाइते भएको जनाएको छ ।
गाजा क्षेत्रमा सीमित पहुँचको कारण सिएनएन तथ्याङ्कहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भनि समाचारमा उल्लेख गरेको छ ।
गत शुक्रबार संयुक्त राष्ट्रका मानवीय मामिला र आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रका उप-महासचिव, मार्टिन ग्रिफिथ्सले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई गाजामा कुनै पनि सुरक्षित स्थान नरहेको बताएका थिए ।
हालैका दिनहरूमा उत्तरमा पुग्न सफल भएका सहकर्मीहरूले पूर्ण डरलाग्दो दृश्यहरू वर्णन गरेको र सडकमा लाशहरू छाडिएको उनले भने।
इजरायली बमबारीहरू ती क्षेत्रहरूमा तीव्र भएका छन् जहाँ नागरिकहरूलाई उनीहरूको सुरक्षाको लागि स्थानान्तरण गर्न भनिएको थियो।
प्रतिक्रिया