जर्मनका सुप्रसिद्ध भकुन्डो खेलाडी फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन 

इनेप्लिज २०८० पुष २३ गते १७:५८ मा प्रकाशित

जर्मनका सुप्रसिद्ध भकुन्डो खेलाडी फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ ।

 भकुन्डो खेलको  इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक मानिने आफ्ना पालाका सुप्रशिद्ध  फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको जर्मन फुटबल महासंघ (डिएफवि) ले जनाएको छ । बेकनबाउरको आइतबार म्युनिखमा निधन भएको डीएफबीले जनाएको छ । मृत्युको कारण नखुलेको सिएनएनले जनाएको छ ।

बेकेनबाउरले पश्चिम जर्मनीलाई दुई विश्व भकुन्डो प्रतियोगिता  जिताउन नेतृत्व गरेका थिए । उनले पहिलो १९७४ मा खेलाडीको रूपमा त्यसपछि १९९० मा मुख्य प्रशिक्षकको रूपमा जिताएका थिए ।उनको उपनाम “डेर कैसर” हो भने उनलाई यसै नामबाट ज्यादा चिनिन्छ।

प्रतिक्रिया