लिबियाको तटमा ६१ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको आप्रवासी संगठनले जनाएको छ ।
जहाजले करिब ८६ जना यात्रु लिएर लिबिया छोडेको बाँचेकाहरूले आईओएम लिबियालाई बताए। कम्तीमा ६१ आप्रवासीहरु लिबियाको तटमा “जहाज दुर्घटना” मा डुबेको एक आप्रवासी संगठनले शनिबार राति जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको सञ्जालको हिस्सा रहेको अन्तरसरकारी समूह, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका अनुसार मृतक मध्ये महिला र बालबालिका पनि थिए।
“मध्य भूमध्यसागर संसारको सबैभन्दा खतरनाक आप्रवासन मार्गहरू मध्ये एक हो,” आईओएम लिबियाले सामाजिक संजालमा लेखेको छ । जहाजले झ्वारा लिबिया छोडेको थियो भने जसमा लगभग ८६ जना सवार रहेको
आईओएमले लिबियाको तटीय शहरबाट जहाज कहिले हिडेको र कसरी दुर्घटना भयो भन्ने बारेमा विवरण नदिएको एबिसीन्यूजले जनाएको छ ।
सन् २०२३ मा मध्य भूमध्यसागरमा २,२५० भन्दा बढी मानिसको मृत्यु भएको आईओएमका प्रवक्ता फ्लाभियो डि जियाकोमोले सामाजिक सञ्जालमा बताए।
फ्रन्टेक्स, युरोपेली सीमा र तटरक्षक संस्थाका अनुसार मध्य भूमध्यसागर यस क्षेत्रको सबैभन्दा धेरै यात्रा गर्ने प्रवासी मार्गहरू मध्ये एक हो, धेरै जसो डुङ्गाहरू उत्तरी अफ्रिकाबाट प्रस्थान गर्छन् र युरोपको यात्रा गर्छन ।
संयुक्त राष्ट्र शरणार्थी संस्थाका अनुसार सन् २०२३ को पहिलो ९ महिनामा करिब १२८,५२९ मानिस इटाली, माल्टा वा स्पेनमा यही मार्ग हुँदै आइपुगेका थिए, जुन अघिल्लो वर्ष ८७,५०३ थियो ।
संयुक्त राष्ट्र शरणार्थी संस्थाले “पूर्व, पश्चिम र मध्य अफ्रिकामा जबरजस्ती विस्थापन र बसाईसराईका कारण जनसंख्याको आवागमन २०२४ मा पनि २०२३ को गतिमा अझ उच्च दरमा जारी रहने सम्भावना छ,” भनि जनाएको छ ।
प्रतिक्रिया