वाट्फोर्ड नेप्लिज कम्युनिटीको भुकम्प पिडितलाई सहयोग

इनेप्लिज २०८० मंसिर २५ गते २२:२५ मा प्रकाशित

लन्डन, ११ नोभेम्बर

बेलायतको वाट्फोर्ड सहरमा बस्ने नेपालीहरुको संस्था वाट्फोर्ड नेप्लिज कम्युनिटीले नेपालको जाजरकोटमा गएको भुकम्पबाट पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाको आयोजनामा गरिएको देउस भैलो कार्यक्रमबाट उठेको रकमबाट एकलाख छ सय पचास रुपैयाँ भुकम्प पिडितलाई सहयोग गरिएको छ ।

वाट्फोर्ड नेप्लिज कम्युनिटीका संरक्षक तथा सामाजिक कार्यकर्ता अमर गुरुङ र मीना गुरुङले उक्त रकम जाजरकोटमा पुगेर भुकम्प पिडितहरुलाई हस्तान्तरण गर्नु भयो ।

नेपालमा दैवी प्रकोपका बेला वाट्फोर्ड नेप्लिज कम्युनिटीले पहिलेदेखि नै विभिन्न सहयोग गर्दै आएको छ । वाट्फोर्ड नेप्लिज कम्युनिटी अध्यक्ष विष्णु पन्तले मातृभूमीमा परेको विपदको बेला भविष्यमा पनि संस्थाले सहयोग गर्ने कुरा बताउनु भयो ।

वाट्फोर्ड नेप्लिज कम्युनिटीले चाडपर्व र अन्य समयमा भेटघाट र भेलाको आयोजना गर्ने गरेको छ । नेपालीहरुलाई कुनै आपत परेमा सहयोग गर्नुका अतिरिक्त उक्त संस्थाले नेपाली संंस्कृतिको जगेर्ना गर्ने कार्य गरिरहेको छ ।

प्रतिक्रिया