विपन्न समुदायमा खुशीयाली, कार्यक्रमको सहि कार्यान्वयन हुनु पर्ने वुद्धिजीविको राय
धनगढी, मंसिर २१÷ विपन्नले विरामी पर्दा उपचार गर्नका लागि अस्पताल जादा खल्ती टकटक्याउनु पर्ने अवस्थाबाट ग्रसित हुुनु पर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य उपचार गराउन सम्पन्न मानिसहरुका लागि सहज भएपनि विपन्नहरुका लागि भने स्वास्थ्य उपचार नपाएरु मृत्यूवरण गर्नु पर्ने नियतीनै बनेको छ सुदूरपश्चिममा । यसैका विच विपन्न बर्गका लागि केहि हद सम्म भएपनि लक्षित सुमदायका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले झिनो आशा जगाउने भएका छन् ।
यस अघि थारु समुदायका लागि स्थानीय तहमै सिकलसेल एनिमिया रोगको उपचारका लागि व्यवस्था मिलाउने तयारी गरिरहेका सामाजिक विकास मन्त्री साउँदले फेरी अर्को लोककल्याणकारी कार्यक्रमलाई अघि सारेका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक सुविधा सम्बन्धी कार्यविधी २०८० पास भए संगै अव देखि सुदूरपश्चिमबासीहरुमा केह िहद सम्म भएपनि खुशीयाली छाएको छ ।
आर्थिक अभावका कारण उपचार गर्न नपाएर मृत्युवरण गर्न बाध्य भएका विपन्न बर्गका मानिसहरुका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक सुविधा सम्बन्धी कार्य विधी २०८० को सहि कार्यान्वयन हुृन सकेको खण्डमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा यस क्षेत्रका आम सर्वसाधारणले गरेका छन् ।
आपतकालिन खर्च सुविधा अन्तरगत पनि सामाजिक मन्त्रालयले नयाँ कार्यविधी बनाएको छ ।
जस अन्तरगत रोग लागेको व्यक्तिलाई आपतकालिन अवस्था भई अस्पताल पुगाउन परेमा एम्बुलेन्स वा सरकारी यातायातको खर्चको अभाव भएमा र रोग लागेको व्यक्तिको उपचारको क्रममा मृत्यु भई निजको शव घर सम्म पुगाउनका लागि समेत २० हजार रुपैया आर्थिक सहयोग प्रदान गरिने कुरा कार्यविधीमा उल्लेख गरिएको पाइएको छ ।
यसैगरी कडा रोग क्यान्सर, मृर्गौला प्रत्यारोपण,बोन म्यारो प्रत्यारोपण,मुटुको शल्यक्रिया ( भल्भ फेर्ने ,बाईपास सर्जरी, लेजर सर्जरी, स्पार्यनल सर्जरी, मस्तिष्कघात ( ब्रेन हेम्ब्रेज ) र यारालाईसिस तथा नशा रोग सम्बन्धी सर्जरी गर्नु पर्ने अवस्थाका विपन्नहरुका लागि आर्थिक कार्यसिवधी बनेको कुरा सामाजिक विकास मन्त्री झंकर बहादुर साउँदले जाकारी दिएका छन् ।
कडा रोग लागेका व्यक्तिहरुले विगतका दिनहरुमा उपचार सहयोग नपाएर मृत्युबरण गर्नु पर्ने अवस्थालाई केहि हद सम्म भएपनि कम गर्न सहयोग मिल्ने भएर सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रमालयले यस्तो कार्य विधी ल्याएको कुरा मन्त्री साउँदको भनाई छ । यस कार्य विधीमा सामाजिक मन्त्रालयबाट सोझै एक लाख नगद दिन समिल्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको सिफारिसमा २ लाख सम्म सहयोग दिन सक्ने व्यवस्था सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक कार्य विधी २०८० मा स्पष्ट गरिएको छ ।
यसका लागि स्थानीय तहमा स्थानीय तहको प्रमूख संयोजक रहेको पाँच सदस्यीय समिती रहने छ भने प्रमूख अस्पताल विकास तथा चिकित्सा सेवा महा शाखा मनत्रालय संयोजक रहनेगरी पाँच सदस्यीय समिती रहने व्यवस्था गरेको पनि कार्य विधीमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रमालयले सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक कार्य विधी २०८० ले आम विपन्न बर्गका लागि केहि हद सम्म भएपनि आशा जगाएकोले यसको सहि कार्या न्वयन हुनु पर्ने धारणा बुद्धिजीवि एवं अधिबक्ता बालाराम उपाध्यायले बताएका छन् ।
आम विपन्न बर्गको हितका लागि ल्याइएको कार्यक्रम लक्षित समुदायमा पुग्न सक्नु पर्ने धारणा रिक्सा चालक एवं मजदुर नेता मुनेश्वर चौधरीको रहेको छ ।
प्रतिक्रिया