गाजाको कमल अडवान अस्पतालमा १०० भन्दा बढी शव रहेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उत्तरी गाजाको कमल अड्वान अस्पतालमा १०८ शवहरू रहेको बताएको छ । इजरायली सेनाहरू बिगत २४ घण्टामा यसको वरपर भारी गोलाबारी र विस्फोटहरूका साथ सुविधा तर्फ अघि बढिरहेका छन्।
अस्पताल भित्रका एक पत्रकार महमूद अल-सब्बाहले मंगलबार सिएनएन अन्कीयदृश्य (भिडियो) पठाएका छन् जहा सेतो तन्नाले ढाकिएको आँगनमा ३० वटा शवहरू देखिएको छ ।
उनले भने, रुग्णबाहिनी (एम्बुलेन्स)हरू यस क्षेत्रमा सञ्चालन गर्न असमर्थ भएकाले ठेलागाडी (कार्ट)मा धेरै शव थुप्रिएका छन् । शवहरू कति समयदेखि त्यहाँ थिए भन्ने स्पष्ट छैन, तर परिवारका सदस्यहरूले प्रियजनहरूको पहिचान गर्ने प्रयास गरिरहेको उनले बताए।
गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक चिकित्सक मुनिर अल-बर्शले कमल अड्वान अस्पतालमा बिजुली आपूर्ति नभएको र त्यहाँ ७,००० भन्दा बढी विस्थापित व्यक्तिहरू रहेको बताए। बत्ति नहुँदा शल्यक्रिया गर्न नसकिएको उनले बताए ।
उत्तरी गाजामा केवल चार अस्पतालहरू सञ्चालनमा छन् र लगभग ५५ वटा रुग्णबाहिनीहरू बिग्रिएका छन् । उनले ४०० जना घाइतेहरूले रफाह नाका क्रबाट गाजा छोड्न सफल भएको बताए ।
अस्पतालबाट सिएनएनलाई पठाइएको श्रवणसन्देशमा अल-सब्बाले सुविधालाई घेरेको बताए।
प्रतिक्रिया