फिलाडेल्फियाको मेसी पसलमा छुरा प्रहारबाट एक सुरक्षाकर्मीको मृत्यु,अर्का सुरक्षाकर्मी घाइते

इनेप्लिज २०८० मंसिर १९ गते ०:५० मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फियाको मेसी नामक चर्चीत पसलमा छुरा प्रहारबाट त्यहाँ कार्यरत सुरक्षाकर्मीको मृत्यु भएको छ भने अर्का सुरक्षाकर्मी घाइते भएका छन ।

प्रहरीले खोज र पछ्याउने क्रममा उक्त व्यक्तिलाई सेप्टा स्टेसन( चौकी)मा पक्राउ गरिएको छ ।

छुरा प्रहार गर्दा एक सुरक्षाकर्मीको मृत्यु र अर्का सुरक्षाकर्मी भएको अन्तरिम प्रहरी आयुक्त जोन स्ट्यानफोर्डले सोमबार बताए ।

स्ट्यानफोर्डका अनुसार घटना बिहान १०:४५ बजे सुरु भयो जब एक व्यक्तिले कथित रूपमा पसलबाट धेरै टोपीहरू चोर्ने प्रयास गरे। उक्त मानिसलाई सुरक्षाकर्मीद्वारा रोकिएको थियो र एक छिन् विवाद भएको थियो । उक्त मानिसलाई बाहिर जान अनुमति दिइएको थियो तर करिब १५ मिनेट पछि फर्केका थिए ।

स्ट्यानफोर्डका अनुसार ती व्यक्ति पसलमा फर्किए र सुरक्षा कर्मीहरू मध्ये एक तर्फ लागे र छुरा प्रहार गरे । त्यसपछि ती व्यक्ति दोस्रो सुरक्षाकर्मीमा छुरा प्रहार गर्न थाले।

अर्को सुरक्षाकर्मीले आफ्नो सहकर्मीलाई बचाउने प्रयास गरे तर धेरै चोट पटक लागेको उनले बताए । दुबै सुरक्षाकर्मीलाई जेफरसन अस्पतालमा लगियो, जहाँ ३० बर्षिय सुरक्षाकर्मीको पछि मृत्यु भयो। अर्को २३ बर्षिय सुरक्षाकर्मीको अनुहार र देब्रे हातमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उक्त संदिग्धको नाम अझै सार्वजनिक नगरिएको सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया