अलास्का बिमानसेवाले हवाईयन बिमानसेवा १.९ बिलियन (अर्ब )डलरमा किन्ने

इनेप्लिज २०८० मंसिर १७ गते २०:३१ मा प्रकाशित

अलास्का एयरलाइन(बिमानसेवा)ले हवाईयन एयरलाइन्स(बिमानसेवा)लाई १.९ बिलियन डलर( अर्ब डलर) मा किन्ने भएको छ ।

“यो एक उत्कृष्ट सम्झौता हो जसले हाम्रो क्षेत्रहरूमा अद्भुत वफादारी भएका दुई बिमानसेवाहरू सँगै ल्याउँदछ,” अलास्का बिमानसेवाका प्रमुख कार्यकारी अधिकारी (सीईओ )बेन मिनिकुचीले एक पत्रकार सम्मेलनमा भने।

बिलिन (मर्जर)ले दुबै राज्यका ग्राहकहरूलाई विस्तारित घरेलु र अन्तर्राष्ट्रिय छनौटहरू दिनेछ। सम्झौता ९ देखि १८ महिना लाग्ने पूर्वानुमान गरिएको सिएनएनले जनाएको छ ।

दुबै सँस्थाहरूले आफ्ना ब्रान्ड(मार्का)हरू राख्नेछन् । एक अद्वितीय निर्णय जुन मिनीकुची र हवाईयन विमानसेवाका प्रमुख र अध्यक्ष पिटर इन्ग्रामले दुबै बिमानसेवाको लगभग १०० वर्षको विरासतको सम्मानमा गरिएको बताएका छन् ।

“अलास्का बिमानसेवामा हामी हवाई सेवामा लामो समयदेखि सेवा दिने बिमानसेवामा सामेल हुँदैछौं, र एक पूरक संजाल र सेवाको साझा संस्कृति छ,” इन्ग्रामले भने।

“अलास्का बिमानसेवासँगको यस लेनदेनले ल्याएको थप मापन र स्रोतहरूका साथ, हामी हवाईयन बिमानसेवको ब्रान्ड(मार्का ) कायम राख्दै हाम्रो अतिथि अनुभव र प्रविधिमा लगानीलाई गति दिन सक्षम हुनेछौं।”

प्रतिक्रिया