इजरायलले मंगलबार रिहा हुने १० बन्धकका परिवारलाई सूचित गर्यो ,अझै १७३ जना बन्धक रहेको इजरायलको दाबी

इनेप्लिज २०८० मंसिर १२ गते १२:०८ मा प्रकाशित

इजरायलले मंगलबार रिहा हुने अपेक्षा गरिएका १० बन्धकका परिवारलाई सूचित गरेको छ ।

इजरायली अधिकारीहरूले मंगलबार रिहा हुने बन्धकहरूको सूचीमा रहेका परिवारहरूलाई सूचित गरेको परिवारका एक सदस्यले सिएनएनलाई बताए ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रवक्ताले पछि सिएनएनलाई सूचीमा १० जना नाम रहेको पुष्टि गरेको समाचारमा उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७ मा बन्धक बनाएका १७३ व्यक्तिहरू गाजामा रहेको विश्वास गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मंगलबार सिएनएनलाई बताएको छ ।

सूचना अनुसार अपहरणमा परेका १७ जना विदेशी र बाँकी इजरायली नागरिक हुन् । इजरायली बन्धकहरूमा १८ वर्ष मुनिका छ जना बालबालिकाहरू समावेश छन्।

प्रतिक्रिया