हमासले ४ दिनको युद्धविराम लम्ब्याउन चाहेको सिएनएनले समाचार लेखेको छ । हमासले इजरायलसँगको चार दिने युद्धविराम विस्तार गर्न चाहेको बताएको छ । नोभेम्बर २६ आइतबारका दिन युद्ध बिराम आज तेस्रो दिनमा प्रवेश गरेको छ ।
गाजाबाट इजरायली बन्धकहरूको तीन समूह र प्यालेस्टिनी कैदीहरू र इजरायली कारागारबाट बन्दीहरूको तीन समूहलाई रिहा गरिएको छ ।
आइतवार साँझ जारी गरिएको एक विज्ञप्तिमा हमासले यस्तो लेखेको छ : “मानवीय युद्धविराम सम्झौतामा तोकिएबमोजिम कैदबाट मुक्त भएकाहरूको संख्या बढाउन गम्भीर प्रयास गरेर चार दिनको अवधि समाप्त भएपछि युद्धविराम लम्ब्याउन चाहन्छ।”
यसैगरि इजरायलको युद्ध मन्त्रिपरिषद्(क्याबिनेट)ले गाजा युद्धविराम लम्ब्याउने सम्भावनाबारे छलफल गरेको भन्दै स्रोत नखुलाई सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
इजरायलको युद्ध मन्त्रिपरिषद्ले आइतवार साँझ भेट्दा हमाससँग अस्थायी युद्धविराम विस्तार गर्ने सम्भावनाबारे छलफल गरेकोइजरायली स्रोतले सिएनएनलाई बताएको छ ।
स्रोतका अनुसार विस्तारका लागि शर्तहरू मूल सम्झौताबाट अपरिवर्तित रहन्छन्, जसको मतलब हमासले लडाईमा प्रत्येक थप दिनको बिराममा थप १० जना बन्धकहरूलाई रिहा गर्न आवश्यक छ।
प्रतिक्रिया