अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि सबिता उप्रेती छनौट

इनेप्लिज २०८० मंसिर ९ गते ११:४६ मा प्रकाशित

काठमाडौ । लामो समय देखि अटिजम भएका बालबालिकाहरुको सेवामा आफ्नो सम्पुर्ण जीवन समर्पित गरेकी सामाजिक अभियान्ता सबिता उप्रेती १४० राष्ट्रमा सदस्य रहेको भारतीय मानव अधिकार परिषदबाट ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ (International Women of Courage Award-2023) को लागि छनौट भएकी छन ।

संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १३ औँ अन्तराष्ट्रिय मानवअधिकार शिखर सम्मेलन र पुरस्कार–२०२३, डिसेम्बर १० को दिन भारतको नयाँ दिल्लिमा उप्रेतीलाई उक्त पुरस्कार प्रदान गरिने छ ।

उप्रेतीले मानव अधिकार, शान्ति,करुणाका साथ बहुआयामिक मानवीय सेवाहरू मार्फत गरेका कार्यको अथक र निस्वार्थ रूपमा काम गर्नु साथै विशेष गरी युवा पुस्तालाई केही उल्लेखनीय उपलब्धिहरू तर्फ प्रेरित गरेको भनी उक्त अवार्ड शान्ति, सद्भाव, मानव अधिकारको संरक्षण र प्रवर्द्धन र मानवताको सेवामा उत्कृष्ट योगदानको लागि भनी अन्तराष्ट्रिय मानव अधिकार परिषदले सबैभन्दा प्रतिष्ठित संस्थागत अन्तराष्ट्रिय मानव अधिकार पुरस्कारले उप्रेतीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

पुरस्कारको शीर्षकः अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ रहेको छ भने पुरस्कारको श्रेणीः मानव अधिकार, शान्ति, र मानवीय सेवाहरू प्रवर्द्धन गर्न प्रेरणादायी र दूरदर्शी नेतृत्व रहेको छ ।

ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तीकरण तथा बालबालिका सेवा र वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने विश्वभरका महिलाहरुलाई यो पुरस्कार दिने गरिन्छ । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

सबिता उप्रेती नेपालको एक मानक युवा समाजिक अभियान्ता हुन् जसले विगत तेह्र बर्ष देखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) स्थापना गरि अटिजम बालबालिकाहरुको सेवामा आफ्नो सम्पुर्ण जीवन समर्पित गरेकी छन । हाल यस संस्थाको काठमाण्डौ नरेफाँट,गोठाटार र भक्तपुर ताथलीमा सहित तीन वटा शाखा संचालन गरि ६० जना बालबालिका तथा किशोर किशोरीहरुलाई बिशेष शिक्षा र थेरापी सेवाहरु प्रदान गरिदै आईरहेकी छन ।

जागिरको क्रममा फिल्डमा जादा अटिजम भएका बालबालिकाहरुलाई घरमा साङलो र डोरीले बाधेर राखेको नाजुक अवस्था देखेर यिनै बालबालिकाहरुको शिक्षा,स्वास्थ्य तथा पुनर्स्थापनाको लागि सेवा गर्ने उद्घेश्यको साथ उप्रेतीले नेपाली समाजमा बुझन र बुझाउन कठिन, सरकारले समेत पहिचान गर्न नसकेको अटिजम अपांङ्ता जस्तो जटिल र चुनौतीपुर्ण सेवाको क्षेत्रमा आफ्नो बाबु आमाले साबिताको विवाहको लागि राखेको रकम मागेर २२ बर्षको लाउलाउ ,खाउ खाउ र रमाईलो गरौ भन्ने रहरलाग्दो उमेरमा SSDRC स्थापना गरि नेपाली समाजमा अटिजमको बारेमा सचेतना, सरकारसँग पैरवी तथा बालबालिकाहरुको सेवामा अविराम रुपमा अभियान संचालन गदै आउनुको साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा युवा तथा महिलाहरुको उत्प्रेरणाको स्रोत रहेकी छन ।

उप्रेतीले महामहिम राष्ट्रपतिले प्रदान गर्ने जनसेवा श्री पदक(समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) जस्तो राष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत भईसकेकी छन ।

प्रतिक्रिया