डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीले नेपाली समुदायको लागि अतिरिक्त बास्केटबल कोर्ट (खेल मैदान)साप्ताहिक रुपमा प्रयोग गर्न दिने भएको छ ।
भर्जिनियामा स्थापित टेन्डर हर्ट्स नामक गैर मुनाफा सामाजिक संस्थाको पहलमा उक्त उपलब्धि हासिल भएको हो । अब डिसी महानगर क्षेत्रका नेपाली र दोश्रो पुस्ताका खेलाडीहरुलाई बास्केटबल खेल खेल्न सजिलो हुने भएको छ । साथै यस क्षेत्रमा रहेका अन्य खेल टोलीहरुले पनि मौका पाइने भएका छन् ।
यसरी नेपाली समुदायको लागि कुनै समय र निश्चित स्थान तोक्नु भनेको नेपाली समुदायओ लागि उपलब्धी हो । र ,नेपालीहरुले खेल खेल्न र कार्यक्रमको आयोजन गर्न शुल्क तिरेर मात्र पाउने र गर्दै आएकोमा अब यो व्यवस्थाले सबै नेपालीहरुलाई राहत भएको छ ।
बिस्तृत जानकारी लिन टेन्डर हर्ट्सकी संस्थापक प्रभा भट्टराई देउजा तथा पदाधिकारीहरुसँग सम्पर्क गर्न सकिनेछ ।
बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :
https://www.enepalese.com/2023/11/408098.html
प्रतिक्रिया