शुक्रबार सम्म कुनै पनि बन्धकलाई रिहा गर्न नसकिने : इजरायली राष्ट्रिय सुरक्षा परिषद

इनेप्लिज २०८० मंसिर ७ गते ०:४० मा प्रकाशित

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार शुक्रबारसम्म कुनै पनि बन्धकलाई रिहा गरिने छैन। युद्धमा सहमति भएको अस्थायी युद्धविरामको सुरुवात पनि शुक्रबारसम्म ढिलो भएको एक इजरायली अधिकारीले सिएनएनलाई बताए ।

“हाम्रा बन्धकहरूलाई रिहा गर्ने वार्ता अगाडि बढिरहेको छ र यो क्रम जारी छ,” परिषदले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । “रिहाई प्रक्रियाको शुरुवात दुबै पक्षबीचको मौलिक सहमति अनुसार हुनेछ, शुक्रबार अघि हुदैन ।”

पहिले, बिहीबार सम्म रिहा गरिने अपेक्षा गरिएको थियो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । साथै स्पष्ट ढिलाइको लागि कुनै कारण दिइएको छैन।

इजरायलको मन्त्रिपरिषद्ले बुधबार बिहान गाजामा चार दिनको युद्धविरामको बदलामा हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया