अक्टोबर ७ यता इजरायल–हमास द्वन्द्वमा कम्तीमा ५३ पत्रकार मारिएका पत्रकार संरक्षण समितिले जनाएको छ । बिज्ञप्ति अनुसार मृत्यु हुनेमा ४६ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी रहेको सिपिजेले मंगलबार एक विज्ञप्तिमा जनाएको छ ।
लेबनानी संचार माध्यम अल मायादीनका लागि काम गर्ने सम्बाददाता तथा छायाचित्रकार(फोटो )पत्रकार दुवैले ज्यान गुमाउनु परेको पछिल्लो पत्रकारहरू थिए। मङ्गलबार दक्षिणी लेबनानमा इजरायली हमलामा उनीहरु मारिएका अल मायादीनले एक विज्ञप्तिमा भनेका छन् ।
इजरायली सेनाले घटनाको समीक्षा गरिरहेको बताएको छ। “यो सक्रिय शत्रुता भएको क्षेत्र हो, जहाँ गोलाबारी आदानप्रदान हुन्छ। यस क्षेत्रमा उपस्थिति खतरनाक छ, “इजरायली सेनाले गत मंगलबार बिज्ञप्तिमा उल्लेख गरेको छ ।
पत्रकारिता वकालत गर्ने समूहले सन् १९९२ मा तथ्यांक खोज गर्न थालेदेखि अक्टोबर ७ देखिको द्वन्द्व पत्रकारका लागि सबैभन्दा घातक अवधि भएको बताएको छ ।
“सीपीजेले अन्य पत्रकार मारिएका, बेपत्ता, हिरासतमा परेका, चोटपटक वा धम्की दिइएका धेरै अपुष्ट सूचनाहरूको पनि अनुसन्धान गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया