इरानले इजरायलमा रहेका “दर्जनौं लक्ष्यहरू, सैन्य केन्द्रहरू र हवाई अड्डाहरू” मा आक्रमण गरेको बताएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
आईआरजीएसले यो कारवाहीको नाम “ट्रु प्रमिस ३” अर्थात सच्चा प्रतिज्ञा ३ राखिएको र यसको थप विवरणहरू पछि सार्वजनिक गरिने बताएको छ।
इजरायलको आपतकालीन सेवा मागेन डेभिड एडोमका प्रमुख एली बिनका अनुसार इरानी हमलाका कारण तेल अभिभ र रामत गान शहरको सिमानामा भएको एक आक्रमणबाट सात जना व्यक्ति “हल्का र मध्यम रूपमा घाइते” भएका छन्।
इजरायलका पूर्व राजदूत माइकल ओरेनका अनुसार इरानको बदला आक्रमणले इजरायलमा भवनहरू हल्लिएका छन्।
उनले आफू र आफ्नो परिवार अहिले “सुरक्षित कोठा” मा रहेको बताएका छन्।
इरानको सरकारी समाचार निकाय इर्नाले शुक्रबार साँझ इरानी हवाई क्षेत्रमा कम्तीमा दुई इजरायली युद्धक विमान खसालिएको दाबी गरेको छ।
प्रतिक्रिया