तेलअविव र जेरुशेलममा शक्तिशाली विस्फोट: इजरायलमाथी इरानी हमलाको सुरुआत भएको दाबी

इनेप्लिज २०८२ जेठ ३१ गते १८:४२ मा प्रकाशित

तेलअविव र जेरुशेलममा शुक्रबार साँझ जबरजस्त विस्फोटको आवाज सुनिएको छ। 

सिएनएनका पत्रकारहरूका अनुसार दुबै शहरमा आकाशमै  क्षेप्यास्त्र देखिएका र धुवाँको मुस्लो उडेका छन् ।

तेलअविवको श्रव्यदृश्य(भिडियो )मा केही क्षेप्यास्त्रहरु इजरायली सुरक्षा प्रणालीलाई पार गर्दै शहरका गगनचुम्बी भवनहरूबीच विस्फोट भएको हो।

यसबीच, इजरायली सेनाको पत्रकार सम्मेलन पनि इरानबाट केन्द्रीय इजरायलमाथिको सम्भावित आक्रमणको चेतावनीपछि बीचमै रोकिएको छ। 

इजरायल रक्षा बलका प्रवक्ता एफ्फी डेफ्रिन पत्रकारसँग कुरा गरिरहँदा आपतकालीन सूचना प्रसारण भए पछि कार्यक्रम तत्काल अन्त्य गरियो।

शुक्रबार साँझ दूरदर्शन मार्फत सम्बोधन गर्दै इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनेईले “इजरायलको आक्रमणको शक्तिशाली जवाफ दिने” चेतावनी दिएका छन्। उनले “नीच जिओनिस्ट (यहुदी )शासनमाथि विनाश ल्याउनेछौं” भन्ने दाबी पनि गरेका छन्।

इरानी सरकारी सञ्चार माध्यम IRNA ले आइआरएनए इरानले इजरायलमाथि जवाफी आक्रमण सुरु गरिसकेको पुष्टि गरेको छ।

स्थिति थप संवेदनशील बन्दै गएको छ, र युद्धको सम्भावना झनै बलियो बन्दै गएको छ।

प्रतिक्रिया