इजरायलको सशक्त आक्रमण: इरानको आणविक केन्द्र र क्षेप्यास्त्र कार्यक्रम ध्वस्त, ६ वैज्ञानिकको मृत्यु

इनेप्लिज २०८२ जेठ ३१ गते १३:२४ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अपरेशन राइजिङ लायन” अन्तर्गत इजरायली सेनाले इरानको नताञ्जस्थित मुख्य युरेनियम समृद्धिकरण केन्द्र, आणविक वैज्ञानिकहरू, र इरानको ‘बलिस्टिक मिसाइल (प्राक्षेपिक क्षेप्यास्त्र ) कार्यक्रमको मुटु’ भनेर उल्लेख गरिएको स्थानमा सटीक आक्रमण गरेको बताए।

प्रधानमन्त्री नेतन्याहुका अनुसार यो कारवाही इरानको आणविक कार्यक्रममाथिको ठुलो प्रहार हो। उनले भने, यो इरानको आणविक शक्तिको मेरुदण्डमाथि प्रहार हो ।

इरानी राज्यसँग सम्बन्धित तस्नीम समाचार निकायका अनुसार आक्रमणमा ६ जना इरानी आणविक वैज्ञानिकहरू मारिएका छन्। उनीहरूको नाम र परिचय सार्वजनिक गरिएको छैन, तर उनीहरू इरानको उच्च प्रविधीय आणविक परियोजनामा कार्यरत थिए भन्ने बताइएको छ।

यो आक्रमण पछिल्लो समय इरान र इजरायलबीच बढ्दो तनावको पृष्ठभूमिमा भएको हो। नेतन्याहुको यस्तो कदमले क्षेत्रीय स्थायित्वमा थप अस्थिरता ल्याउन सक्ने खतरा देखिन्छ, तर इजरायली प्रशासनले यसलाई आत्मरक्षाका रूपमा चित्रण गरेको छ ।

प्रतिक्रिया