इजरायलको रातारात आक्रमणपछि इरानभरि वायु सुरक्षा प्रणाली सक्रिय गरिएको छ।
शुक्रबार बेलुकी तेहरान, कराज र पश्चिमी क्षेत्रहरूमा क्षेप्यास्त्र आक्रमण भएको इरानी सरकारी सॅचार माध्यमले जनाएको छ।
तेहरानले दक्षिणतर्फ केही क्षेप्यास्त्रहरु अवरुद्ध गरिएको जनाएको छ भने अर्को सॅचार माध्यम(इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङ)ले पश्चिमी तेहरानमा निरन्तर आक्रमण भइरहेको जानकारी दिएको छ।
इजरायली रक्षा बल (आइडिएफ) ले भने देशभरि आरक्षित फौज तैनाथ गरेपछि इरानमाथि आक्रमण गरेको बताएको छ।
इराकका उपप्रधानमन्त्री तथा विदेशमन्त्री फुअद हुसेनले इजरायली आक्रमणपछि इरानलाई अमेरिकासंग वार्ता जारी राख्न आग्रह गरेका छन्।
यसैबीच, इरानको प्रमुख नाभिकीय केन्द्र नातान्जमा विकिरण स्तर यथावत रहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्।
इरानले तेहरानस्थित स्विस राजदूतलाई बोलाएर अमेरिका विरुद्ध कडा विरोध जनाएको छ।
इरानी अधिकारीले भनेका छन्: “जिओनवादी( यहुदी) शासनले इरानमाथि गरेको आक्रमण अमेरिकाको सहयोग, समन्वय वा कम्तीमा पनि अनुमति बिना असम्भव छ। त्यसैले अमेरिकालाई यो गैरकानुनी व्यवहारको लागि जवाफदेही ठहरिनुपर्छ।”
यो संकटको विस्तारले अब क्षेत्रीय युद्धको खतरा बढाएको छ।
प्रतिक्रिया