गाजाका मानिसहरू बमबारी र घेराबन्दीबाट निसासिएका छन् :युएनआरडब्लुए प्रमुख

इनेप्लिज २०८० कार्तिक २५ गते १५:२० मा प्रकाशित

गाजाका जनता लगातार बमबारीबाट निसासिएकाको संयुक्त राष्ट्र सँस्थाका प्रमुखले शनिबार चेतावनी दिएका छन् ।

गाजा भूभामा काम गर्ने राष्ट्रसंघीय राहत सँस्था (एजेन्सी )युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले रियादमा अरब र इस्लामिक राज्यहरूको आपतकालीन शिखर सम्मेलनमा टिप्पणी गरे।

गाजाको निरन्तर बमबारीले गाजा र यसका जनतालाई घेराबन्दी गर्दै गइरहेको लाजारिनीले बताए। उनले अहिले ७,००,००० भन्दा बढी महिला, बालबालिका र पुरुषहरू युएनआरडब्लुएका विद्यालय र आश्रयहरूमा बसेको बताए ।

“आधारभूत सेवाहरू ध्वस्त छन्। खाना, पानी, औषधि र इन्धन सबै सकिएको छ। उनले अगाडी भने युएनआरडब्लुएका कर्मचारीहरूले अझै पनि १५० वटा युएनआरडब्लुए आश्रयहरू सञ्चालन गरिरहेका छन्।

“उनीहरूले हाम्रा एक तिहाइ स्वास्थ्य केन्द्रहरू खुला राख्छन् र घुम्ती उपचारकेन्द्र ( क्लिनिक)हरू व्यवस्थापन गर्छन्। उनीहरूले अस्पतालमा औषधि पुर्‍याउँछन्। ”

उनले शिखर सम्मेलनलाई “अन्तर्राष्ट्रिय मानवीय कानूनको कडा पालना गर्दै मानवीय युद्धविराममा पुग्न” प्रयासहरूलाई समर्थन गर्न आग्रह गरे।

प्रतिक्रिया