अमेरिकाको ओहायोमा गोली चल्दा ११ वर्षीय बालकको मृत्यु, ५ घाइते : प्रहरी

इनेप्लिज २०८० कार्तिक १९ गते १२:२६ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको सिनसिनाटीमा गत शुक्रबार राति गोली चल्दा ११ वर्षीय बालकको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटना राति ९ :२० मा भएको सिनसिनाटी प्रहरी विभागले जनाएको छ । घाइतेमध्ये केही नाबालक रहेको प्रहरीले जनाएको छ ।

सिनसिनाटी प्रहरी प्रमुख टेरेसा थेटगेका अनुसार शहरमा सतर्कता खबर प्राप्त गरेपछि प्रहरीहरु घटनास्थलमा पुगेको बताइन । ११ वर्षीय किशोरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीन जना घाइतेलाई बाल अस्पतालमा लगिएको छ, जसमा ज्यान जोखिममा परेका एकजनाको उपचार भइरहेको प्रहरीले शनिबार बताए ।

अन्य दुई घाइतेलाई विश्वविद्यालय अस्पताल लगिएको प्रहरीले जनाएको छ । पीडितको उमेर भने खुलाइएको छैन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया