अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयविरुद्ध कडा कदम चाल्दै सबै संघीय निकायहरूलाई उक्त विश्वविद्यालयसँग भएका सबै संघीय ठेक्काहरू अन्त्य गर्न उपाय खोज्न निर्देशन दिन लागेको छ।
यो कदम विदेशी विद्यार्थीको अभिलेखसम्बन्धी चलिरहेको विवादकै बीच आएको हो।
फक्सन्यूज द्वारा प्राप्त पत्रको मसौदा अनुसार जनरल सर्भिसेज एजेन्सी(निकाय)ले मंगलबार सबै संघीय निकायहरूलाई लगभग १० करोड डलर बराबरको बाँकी संघीय ठेक्काको समीक्षा गर्न र आवश्यक परे “वैकल्पिक विक्रेता” खोज्न निर्देशन दिने तयारी गरेको छ।
यो निर्णय विदेशी विद्यार्थीका तथ्यांक र सूचना व्यवस्थापनमा हार्वर्डले संघीय प्रशासनसँग असहयोग गरेको आरोपपछि आएको हो।
ट्रम्प प्रशासनले विश्वविद्यालयहरूलाई संघीय सहायता र ठेक्काबाट वञ्चित गर्ने चेतावनी यथावत् राख्दै आएको फक्सन्यूजले जनाएको छ ।
प्रतिक्रिया