अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि झट्का : ट्रम्प प्रशासनको आदेशपछि प्रवेशाज्ञा नियुक्ति रोक्का, सामाजिक सञ्जाल जाँच बढ्दै

इनेप्लिज २०८२ जेठ १४ गते १८:४७ मा प्रकाशित

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूका लागि कडाइ गर्न थालेको छ। 

सिएनएनले प्राप्त गरेको कूटनीतिक परिपत्र(सर्कुलर)अनुसार, अमेरिकी विदेश विभागले विश्वभरका अमेरिकी दूतावासहरूलाई नयाँ विद्यार्थी प्रवेशाज्ञा(भिसा) नियुक्तिहरू तत्काल रोकिने आदेश दिएको छ।

यो निर्णय अमेरिकी विदेश सचिव मार्को रुबियोको हस्ताक्षरमा जारी गरिएको आधिकारिक निर्देशनमा आधारित छ।

 निर्देशनमा भनिएको छ ,अब सबै विद्यार्थी भिसा ( प्रवेशाज्ञा) आवेदकहरूलाई सामाजिक सञ्जाल जाँचको दायरामा ल्याउने तयारी भइरहेको छ।

यो निर्णय ट्रम्प प्रशासनले हालैका दिनहरूमा सयौं विद्यार्थी प्रवेशाज्ञा(भिसा)हरु खारेज गरेपछि आएको हो। 

यसअघि, प्रशासनले हार्वर्ड विश्वविद्यालयमा भर्ना भएका केही विदेशी विद्यार्थीहरूलाई पनि अमेरिका आउन रोक लगाएको थियो, जुन कदमलाई हालै एक न्यायाधीशले अस्थायी रूपमा रोक लगाएका छन्।

विद्यार्थी प्रवेशाज्ञा( भिसा)प्रक्रिया थप जटिल बनाउने यस कदमले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अमेरिका आउने इच्छा कम गराउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया