न्यूयोर्कमा त्रिदिवसीय ज्ञान सत्संग हुने

इनेप्लिज २०८० कार्तिक १८ गते २३:५७ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्कमा त्रिदिवसीय ज्ञान सत्संग श्रीमदभागवत तथा पूर्वीय दर्शन सम्बन्धी प्रवचन हुने भएको छ । उक्त सत्संग आगामी नोभेम्बर २४ देखि २६ सम्म न्यूयोर्क शहरमा हुने भएको संयोजक डा शंकर बिशुङ्केले ईनेप्लिजलाई बताए ।

त्रिदिवसीय ज्ञान सत्संगमा श्रीमदभागवत तथा पूर्वीय दर्शन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने भएका छन् ।

सत्संग समारोह न्यूयोर्कको गीता मन्दिरमा हुनेछ । संयोजक मध्ये कै एक डा शंकर बिशुङ्के( विद्या वारिधि)का अनुसार त्रिदिवसीय ज्ञान सत्संग नोभेम्बर २४ का दिन ३-८ बजे ,नोभेम्बर २५ का दिन बिहान ८ बजे देखि दिउसो १२ बजे तथा नोभेम्बर २६ का दिन दिउसो ३ देखि ८ बजे सम्म हुनेछ ।

यस सत्संगको आयोजक हिमानी ट्रष्ट न्यूयोर्क ब्युरो (बिभाग) रहेको छ भने समस्त समादरणीय भक्त-सज्जन सबैलाई आमन्त्रण गरेको छ । बिस्तृत जानकारी लिन डा शंकर,आशा तथा भवानीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया