न्यूयोर्क – चर्चित कथाकार साइग्रेस पोखरेलको “अब सुन्छ अमेरिका” कार्यक्रम न्यूयोर्कको रिचमण्ड हिलस्थित 3M Bar and Grill मा भव्य रूपमा सम्पन्न भएको छ।
साइग्रेस पोखरेलका जीवन् प्रेरणादायी कथा, गहिरा भावनात्मक प्रस्तुति र आत्मीय संवादले कार्यक्रममा उपस्थित नेपाली समुदायलाई भावविभोर बनाएको थियो। दर्शकहरूले उनलाई प्रत्यक्ष प्रश्नहरू सोध्न पाएका थिए भने स्वादिलो खानपान र रमाइलो वातावरणले कार्यक्रमलाई अझ रमाइलो बनायो।
कार्यक्रमको आयोजना 3M Bar and Grill का बिक्रम अधिकारीले गरेका थिए। उनले भने, “यो साँच्चिकै ऐतिहासिक साँझ रह्यो। हामीले साइग्रेस पोखरेलजस्तो प्रतिभाशाली कलाकारलाई स्वागत गर्न पाउँदा गर्व लागेको छ। भविष्यमा अन्य कलाकारहरूलाई पनि यहाँ ल्याउने योजना छ।”
साइग्रेस पोखरेल हाल अमेरिका भ्रमणमा छन्। युट्युब तथा सामाजिक सञ्जालमा लाखौं दर्शक–श्रोता भएका पोखरेलका कथा युवाहरूबीच निकै लोकप्रिय छन्।
यस किसिमका कार्यक्रमहरूले नेपाली समुदायलाई एकआपसमा नजिक ल्याउनुका साथै साहित्य र कला प्रतिको माया अझ प्रगाढ बनाउँछन्
प्रतिक्रिया