अमेरिकाको टेक्ससमा घरबार बिहिनलाई सहयोग गर्ने एचडिएनपी इन्टरनेसनलद्वारा नेपालको मुसहर बस्तीमा सहयोग

इनेप्लिज २०८० कार्तिक १८ गते १२:१२ मा प्रकाशित

अमेरिकाको टेक्ससमा घरबार बिहिनलाई सहयोग गर्दै आएको एचडिएनपी इन्टरनेसनलले नेपालको मुसहर बस्तीमा सहयोग गरेको छ ।

गत १६ कार्तिक हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )ले पिसफोर दलितस फाउन्डेसन नेपाल पर्सा संगको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीको दलित बालबालिका तथा अभिभावकहरुलाई सहयोग गरेको छ ।

हाल यस संस्थाका अध्यक्ष देवी डेविड आचार्य नेपालको भ्रमणमा रहेको समयमा उनले त्यहाँ पुगेर करिव १२० जना दलित बालबालिकाहरुलाई कापीकलम , सिसाकलम,पोषिलो खानेकुरामा बिस्कुट,चाउचाउ सहित ८० जना अभिभावकहरुलाई वितरण गरेका छन् ।

दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच , विद्यालय टिकाउ , शिक्षामा निरन्तरता , गुणस्तरीय शिक्षा , सिकाईमा सुधार , अभिभावकको चासोको ख्याल र उदेश्यको साथको कार्यक्रम गरिएको छ ।

समाजसेवी देवी डेविट आचार्यलाई यस बस्तीको बालबालिकाहरुको अभिभावकहरुले धन्यवाद दिएका छ्न।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्ससको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ ।

आचार्यले मुसहर समुदायको बालबालिकाको लागि वार्षिक रुपमा निरन्तर लामो वर्ष सम्म शैक्षिक सामग्रीहरु सहयोग गर्ने , दलित अभिभावकहरुको लागि जिविकोपार्जनको लागि तथा आर्थिक समृद्धिको लागि योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनलाई त्यहा सम्मान पनि गरिएको छ ।

पिसफोर दलितस फाउन्डेसन नेपाल मधेश प्रदेशको जिल्लामा सक्रिय दलित समुदायको संस्था हो , विगतको वर्ष देखी फाउन्डेसन दलित समुदायको सशक्तीकरण , सामाजिक न्याय , समानता , दलितको छुवाछूत अन्त्य , शिक्षा , सामाजिक रुपान्तरण , दलित समुदायको लागि वकालत , दलित समुदायको सेवा सहयोगमा सक्रिय रहेकोे छ।

प्रतिक्रिया