हमासले आगामी दिनमा केही विदेशी बन्धकहरूलाई रिहा गर्ने दाबी गरेको छ । हमासले बन्धक बनाएका केही विदेशी नागरिकलाई आगामी दिनमा रिहा गर्ने हमासको सैन्य पक्षका प्रवक्ताले बताए ।
“केही देशहरूले गाजामा केही विदेशी नागरिकका बन्दीहरूलाई मुक्त गर्न मध्यस्थकर्ताहरू मार्फत बीचमा आएको क्वासम गुल्मका प्रवक्ता अबु ओबेदाले मंगलबार एक अङ्किय दृश्य (भिडियो )मार्फत जानकारी गराएका छन् ।
“हामीले यी देशहरूको अनुरोध प्राप्त गर्यौं,” उनले देशहरूको नाम नलिई भने। ‘त्यसैले हामीले आगामी दिनमा धेरै विदेशीलाई रिहा गर्ने मध्यस्थकर्तालाई जानकारी गराएका छौं,’ उनले अगाडी भने ।
सोमबार हमासको बन्दीबाट एक महिला सिपाहीलाई उद्धार गरेको इजरायली रक्षा बलको घोषणालाई सम्बोधन गर्दै हमासका प्रवक्ताले समूहले समातेका कुनै पनि कैदीलाई उद्धार नगरिएको जनाए । उक्त महिला सिपाहीलाई हमास बाहेक अर्को समूहले बन्दी बनाएको हुन सक्ने उनले बताए ।
प्रतिक्रिया