इजरायलको भारी बमबारी जारी रहँदा गाजामा संचार प्रणाली बिस्तारै पुनर्स्थापित हुन थालेको छ । अर्थात् दैनिक रुपमा अत्यावश्यक नभई नहुने संचार माध्यमहरु अन्तर्जाल तथा दूरवार्ता (इन्टरनेट र फोन )सेवा फिर्ता ल्याइएको छ ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आतंककारी हमलापछि गाजाले हालैका दिनहरूमा इजरायलबाट अभूतपूर्व बमबारीको सामना गरिरहेको छ।
भारी इजरायली बमबारीको बीचमा गाजाको अधिकांश भागमा घुम्ती सेवा तथा अन्तर्जाल( सेलुलर र इन्टरनेट )सेवा अचानक गायब भएको दुई दिन पछि संचार प्रणाली बिस्तारै पुनर्स्थापित हुँदै गएको एनबिएसिवाशिंगटनले समाचार लेखेको छ ।
अन्तर्राष्ट्रिय भू-उपग्रहको सुबिधा भएका घुम्ती संचार थान (फोन )भएका विरलै थोरै प्यालेस्टिनीहरूले यो समाचार बाहिर निकाल्न आफैंले जडान गरेका एनबिएसिवाशिंगटनले समाचारमा उल्लेख गरेको छ ।
आइतवार बिहानसम्म गाजाका धेरै मानिसहरूलाई संचार प्रणाली (फोन र इन्टरनेट ) पुनर्स्थापित गरिएको थियो। इजरायली सेनाले अक्टोबर ७ मा हमासले गरेको रक्तपातपूर्ण सीमापार हमलाको प्रतिक्रियामा सुरु गरेको आफ्नो युद्धको नयाँ चरणको घोषणा गर्दा र गाजामा सेनाहरू प्रवेश गरेपछि धेरैलाई निराशा र डर पैदा गरेको थियो।
प्रतिक्रिया