अमेरिकाको मेनमा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला परेपछि चिन्तित र शोकाकुल मेन समुदायमा राहत महसुस,१० बजे बिहान पत्रकार सम्मेलन हुँदै

इनेप्लिज २०८० कार्तिक ११ गते ११:२० मा प्रकाशित

अमेरिकाको मेनमा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला परेपछि चिन्तित र शोकाकुल मेन समुदायमा राहत महसुस गर्न थालेका छन् । बिस्तृत जानकारी नआई सकेको कारण अहिले बिहान अक्टोबर २८ शनिबारका दिन १० बजे बिहान पत्रकार सम्मेलन हुने भएको छ ।

गत बुधबार १८ जनाको हत्या गरेको आरोपमा ब्यापक खोज तलास गरि रहेका ४० बर्षिय रोबर्ट कार्डलाई अधिकारीहरूले शुक्रबार साँझ मृत फेला परेको अधिकारीहरूले घोषणा गरेपछि शोकाकुल मेन समुदायमा राहत मिलेको छ । ४८ घण्टा सम्म त्यस क्षेत्रका समुदायहरु ज्यादै चिन्तित,भय,डर ,त्रासको वातावरणमा बस्न बाध्य भएका थिए ।

शैक्षिकसंस्था /बिद्यालय बन्द गरिएका थिए भने आवतजावत हिड्डुल समेतमा सतर्कता अपनाउन आह्वान गरिएको थियो । २ दिन सम्म घरमै बस्न बाध्य भएका बासिन्दामा यो समाचारले ढुक्क भएका छन् तर १८ जनाको ज्यान गएको उक्त गोलीकाण्डले अझी समुदायहरु शोकमा डुबेका छन् ।

४० वर्षीय रोबर्ट कार्डको शव लेविस्टनको चकनाचुर समुदायबाट करिब १० माईल टाढा एउटा खोला नजिकै भेटिएको थियो ।उनले आफूलाई आफै गोली प्रहार गरेको मेन पब्लिक सेफ्टी कमिश्नर (जन सुरक्षा आयुक्त )माइकल साउचकले शुक्रबार राति एक पत्रकार सम्मेलनमा भने।

लगभग दुई दिनको खोजी समाप्त गरिएको र जसको कारण धेरै बासिन्दाहरूलाई शान्त, रमणीय क्षेत्रमा बसोबास गर्ने र आफ्नो घर छोड्न डराएको उनले बताए ।

मेनका गभर्नर जेनेट मिल्सले उनी, अरूहरू जस्तै, यो खोज र यससँग जोडिएको डर समाप्त भएकोमा राहत पाएको बताइन ।

“धेरै मानिसहरू जस्तै, म आज राती राहतको सास फेर्दै छु ,रोबर्ट कार्ड अब कसैको लागि खतरा छैनन ,” मिल्सले शुक्रबार साँझ एक पत्रकार सम्मेलनमा भनिन

गत बुधवार राति जस्ट-इन-टाइम रिक्रिएसन र पछि लुईस्टनको स्किमेन्जिस बार एण्ड ग्रिल( सेकुवा पसल )मा गोली काण्ड भए पछि व्यापक खोजी सुरु गरिएको थियो ।

अधिकारीहरूले शुक्रबार पहिचान गरेका १८ व्यक्तिहरू १४ देखि ७६ वर्षका बीचका थिए। गोलीबारीमा अन्य १३ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले संदिग्ध व्यक्ति, उनको शवको खोजी र उनीहरूको खोजी प्रयासहरूको बारेमा थप छलफल गर्न शनिबार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने योजना बनाएका छन्।

हत्याकाण्ड गर्न प्रयोग गरिएको हतियार कार्डले गत जुलाईमा कानुनी रूपमा खरिद गरेका थिए । उनलाई अस्पतालमा भर्ना हुनु केही दिन अघि र मनोवैज्ञानिक मूल्याङ्कन गर्न आदेश दिइएको थियो ।

प्रतिक्रिया