अमेरिकामा आप्रवासन कारबाहीका लागि २०,००० राष्ट्रिय सुरक्षा बल तैनाथ हुने—डिएचएसको ऐतिहासिक आग्रह

इनेप्लिज २०८२ जेठ ३ गते १:३४ मा प्रकाशित

अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस ) ले आप्रवासन नियन्त्रणका लागि २०,००० भन्दा बढी राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड )पलब्ध गराउन रक्षा मन्त्रालय सँग अनुरोध गरेको छ। यो विषयमा जानकारी भएका दुई अधिकारीहरूले एबीसी न्यूजलाई जानकारी दिएका हुन्।

एक अधिकारीका अनुसार डिएचएस को यो अनुरोध “देशभित्र आप्रवासन कारबाही” मा सेनाको सहभागीता सम्बन्धी हो । पेन्टागनका कानूनी सल्लाहकारहरूले यसको समीक्षा गरिरहेका छन्। अर्का अधिकारीका अनुसार, यो योजना अझै प्रारम्भिक चरणमा छ र कार्यान्वयनको तयारी भइरहेको छ।

रक्षा मन्त्रालयका प्रवक्ताले एबीसी न्यूजलाई एक विज्ञप्तिमा भने, “अमेरिकी भू-भागको रक्षा गर्नु र सार्वभौमिकता कायम राख्नु रक्षा विभागको मुख्य कर्तव्य हो। DHS डिएचएस सँग सहकार्य गरेर आवश्यक सुरक्षामा हामी योगदान दिन तयार छौं।”

यो समाचार पहिलोपटक बिहीबार न्यू योर्क टाइम्सले सार्वजनिक गरेको हो। उक्त अनुरोध अमेरिकी सीमा सुरक्षालाई थप जनशक्ति सहयोग पुर्‍याउने उद्देश्यले गरिएको हो, जसको नेतृत्व आप्रवासन तथा भन्सार प्रवर्तनले गर्नेछ।

प्रतिक्रिया