राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिमा युक्रेन शान्ति वार्ता प्रभावकारी नहुने भन्दै अमेरिकी विदेशसचिव मार्को रुबियोले निराशा व्यक्त गरेका छन्।
वार्ता बिहीबार टर्कीमा तय गरिएको थियो तर दुबै नेता नआउँदा छलफल स्थगित हुँदै शुक्रबार सारिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्की आइपुगेका थिए, तर क्रेमलिनका वरिष्ठ अधिकारी पनि नआएपछि द्वन्द्व समाधानको प्रयास थप्प परेको हो।
राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिन बीचको प्रत्यक्ष संवादबाट मात्र सम्भव छ,रुबियोले भने। ट्रम्प प्रत्यक्ष र स्पष्ट वार्ताको लागि तयार छन्। उनीहरु भेट्दा मात्रै केही सार्थक हुनेछ।
यो वार्ताको प्रस्ताव पुटिनले गत साता दिएका थिए, र जेलेन्स्कीले सहमति जनाउँदै नेताहरुबीच प्रत्यक्ष वार्ताको माग गरेका थिए।
राष्ट्रपति ट्रम्पले साउदी अरबबाट कतार जाँदै गर्दा राष्ट्रपतिको बिशेष बिमान (एयर फोर्स वन)मा पत्रकारहरूसँग भने, “जबसम्म म र पुटिन सँगै बस्दैनौं,केही पनि हुँदैन । पुटिनले मलाई जान्छु भनेपछि मात्र आफू पनि जाने सोचेका रहेछन्।”
भविष्यमा ट्रम्प–पुटिन वार्ता कहिले हुन्छ भन्ने अझै स्पष्ट छैन। तर रुबियोले “शान्तिको बाटो यत्ति हो— ट्रम्प र पुटिनको प्रत्यक्ष भेट। अन्यथामा केवल समय र स्रोतको बर्बादी हुनेछ।”
प्रतिक्रिया