युरोपेली संघद्वारा गाजाका लागि थप मानवीय सहायतामा ५० मिलियन यूरो (लगभग ५ करोड डलर )दिने वाचा

इनेप्लिज २०८० कार्तिक १० गते ११:३० मा प्रकाशित

युरोपेली संघले गाजाका लागि थप मानवीय सहायतामा ५० मिलियन युरो दिने वाचा गरेको छ ।

युरोपेली संघले गाजाका लागि थप मानवीय सहायतामा ५० मिलियन यूरो (लगभग ५२ मिलियन डलर ) अर्थात् ५ करोड २० लाख डलर उपलब्ध गराउने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बिहीबार भनिन ।

युरोपेली संघको नेताहरूको शिखर सम्मेलनको पहिलो दिन पछि ब्रसेल्समा एक पत्रकार सम्मेलनमा बोल्दै भोन डर लेयनले ईयु बाट पहिलो ५६ मेट्रिक टन सहायता इजिप्टको दुई उडानहरू मार्फत गाजामा पुर्‍याइएको बताइन ।

बिहीबारको आफ्नो बैठकमा युरोपेली नेताहरूले गाजाको बिग्रँदै गएको अवस्थाको बारेमा चिन्ता व्यक्त गरे । मानवीय आवश्यकताहरूको लागि रोकिएका मार्गहरु खाँचोमा परेकाहरूलाई मद्धत पुर्याउन खोल्न आह्वान गरेका छन् ।

भोन डर लेयन र योरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेल दुबैले मानवीय संकटलाई सम्बोधन गर्न गुटको प्रतिबद्धतामा जोड दिए।

हमासका प्रतिनिधिहरूले द्वन्द्व समाधान गर्ने उद्देश्यले आगामी सम्मेलनमा भाग लिने छन् कि भनेर सोध्दा मिशेलले यसलाई आतंकवादी संगठनको रूपमा उद्धृत गर्दै समूहको लागि “कुनै भूमिका आफुले नदेखेको बताए ।

प्रतिक्रिया