इजरायली सेनाहरुले बिहीबार उत्तरी गाजामा ट्याङ्क(बख्तरबन्द )हरूसहित “लक्षित आक्रमण” गरेको इजरायली रक्षा बलले जनाएको छ ।
इजरायली रक्षा बलद्वारा प्रकाशित अङ्कियदृश्य (भिडियो)मा सडक सम्याउने गाडी सहित कवजधारी र सशस्त्र सवारी साधनहरू बारको छेउमा सडकमा हिंडिरहेको देखाइएको छ। कवजधारी र सशस्त्र सवारी साधनहरू(ट्याङ्क)हरूले तोपहरू चलाएको र केही विनाश नजिकै देखिएको भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
इजरायली रक्षा बलले यो आक्रमण “लडाईको अर्को चरणको तयारीको एक हिस्सा” भएको बताएको छ। “सिपाहीहरू गतिविधिको लागि क्षेत्रबाट निस्किए,” विज्ञप्तिमा भनिएको छ। इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता पिटर लर्नरले छापालाई ठूलो तर दायरामा सीमित भएको भन्दै यो स्पष्ट र अघि बढ्ने कारवाही भएको बताए ।
बुधबार सरकारी दूरदर्शन (टेलिभिजन )सम्बोधनमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तटीय भूभागमा करिब तीन हप्ताको हवाई हमलापछि इजरायलले गाजामा “भूमि आक्रमणको तयारी गरिरहेको” पुष्टि गरे।
गाजामा हमास नियन्त्रित स्वास्थ्य अधिकारीहरू र र प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको जानकारी अनुसार इजरायली हमलाहरूले ६,४०० भन्दा बढी मानिसहरूलाई मारेका छन् भने थप १७,००० घाइते भएका छन्।
प्रतिक्रिया