इजरायलको कारबाहीमा लेबनानसँगको सिमानामा अमेरिकी नागरिकको मृत्यु

इनेप्लिज २०८० कार्तिक ५ गते ११:३५ मा प्रकाशित

इजरायलमा कारबाहीमा अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी विदेश बिभागले जनाएको छ ।

इजरायली-अमेरिकी दोहोरो नागरिक आरक्षित (रिजर्भिस्ट)को रूपमा सेवा गरिरहेका इजरायलको लेबनानसँगको सिमानामा शुक्रबार हेजबुल्लाहको क्षेप्यास्त्र (मिसाइल)आक्रमणमा परि मृत्यु भएको अमेरिकी विदेश विभागले जनाएको छ।

“हामी अक्टोबर २० मा इजरायलमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्न सक्छौं।

हामी उनीहरूको क्षतिमा परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं,” विदेश विभागका प्रवक्ताले शनिबार एक विज्ञप्तिमा मार्फत जानकारी गराएका छन् ।

“हामी सबै उपयुक्त दूतावास सहयोग प्रदान गर्न तयार छौं। यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्दै हामीसँग थप कुनै टिप्पणी छैन।” उनले भने ।

प्रतिक्रिया