राष्ट्रपति ट्रम्पको घोषणा: अमेरिकी स्टील र जापानी कम्पनीबीच साझेदारी, पिट्सबर्गमा मुख्यालय यथावत, ७० हजार रोजगारी सिर्जना हुने दाबी

इनेप्लिज २०८२ जेठ १० गते २३:५० मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिका स्थित प्रतिष्ठित स्टील उत्पादक कम्पनी युएस स्टिल अब जापानी कम्पनी निप्पोन स्टिलसँग साझेदारीमा अघि बढ्ने घोषणा गरे।

यो साझेदारी अन्तर्गत कम्पनीको मुख्यालय पिट्सबर्गमै रहनुका साथै करिब ७० हजार नयाँ रोजगारी सिर्जना हुने र अमेरिकी अर्थतन्त्रमा १४ बिलियन डलर थपिने उनले दाबी गरे ।

उक्त सम्झौताको बारेमा उनले ट्रुथ सोसल मार्फत लेख्दै भने, “धेरै विचार र वार्तापछि, युएस स्टिल अब पनि अमेरिकामै रहनेछ र यसको मुख्यालय ‘पिट्सबर्गको महान शहर’ मै रहनेछ। अब यो अमेरिकी स्टिल र निप्पोन बीचको योजनाबद्ध साझेदारी हुनेछ।”

पूर्व राष्ट्रपति जो बाइडेनले निप्पोन स्टीलद्वारा प्रस्तावित १५ बिलियन डलरको खरिद प्रयासलाई रोक लगाएका थिए। तर राष्ट्रपति ट्रम्प सत्तामा फर्किएपछि यो प्रस्ताव अमेरिकामा विदेशी लगानी समिति मार्फत राष्ट्रिय सुरक्षा पुनरावलोकनमा गएको थियो।

ट्रम्पले आगामी मे ३० शुक्रबारको दिन पिट्सबर्गस्थित अमेरिकी स्टिल( इस्पात)मा “बृहत र्‍याली” गर्ने घोषणासमेत गरेका छन्।

प्रतिक्रिया