डोनाल्ड ट्रम्पले न्यूयोर्क ठगी मुद्दामा ग्याग अर्डर (न्यायाधीशको आदेश जुन मुद्दा सार्वजनिक रूपमा छलफल गर्न सकिँदैन)अर्थात् ग्याग आदेश उल्लङ्घन गरेको आरोपमा ५,००० हजार डलर जरिवाना र न्यायाधिशले दुई पटक कारागार सजायको चेतावनी दिए।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार न्यूयोर्कको न्यायाधीशले अदालतका कर्मचारीका कुनै पनि सदस्यको बारेमा नबोल्ने आदेश उल्लङ्घन गरेको आरोपमा ५ हजार डलर जरिवाना गरेको छ। र ,उनलाई सम्भावित कारागारको बारेमा दुई पटक चेतावनी दिइएको थियो।
“डोनाल्ड ट्रम्पले यस अदालतबाट ग्याग आदेश उल्लङ्घनको सम्भावित परिणामहरूको लागि पर्याप्त चेतावनी प्राप्त गरेका छन् । उनले विशेष रूपमा स्वीकार गरे र उनले बुझेका छन् र यसलाई पालन गर्नेछन्, “न्यायाधीश आर्थर एन्गोरोनले शुक्रबार आफ्नो आदेशमा भने।
अर्को चेतावनी जारी गर्नु अब उपयुक्त नभएको न्यायाधिशले बताए ।
सुनुवाईको दोस्रो दिन अक्टोबर ३ मा एन्गोरोनले सबै पक्षहरूलाई अदालतका कर्मचारीहरूको कुनै पनि सदस्यको बारेमा नबोल्न ट्रम्पको सामाजिक संजाल (ट्रुथ सोसल)मा प्रकाशन गरेपछि एन्गोरोनको सहायकलाई आक्रमण गर्ने आंशिक आदेश जारी गरेका थिए ।
ग्याग आदेश जारी भएपछि उक्त प्रकाशित भएको चिजलाई ट्रम्पको सामाजिक संजाल ट्रुथ सोशलबाट हटाइएको थियो, तर यो ट्रम्पको अभियान संजालस्थल (वेबसाइट) डोनाल्डजेट्रम्प डटकम बाट मेटाइएको थिएन भनि सिएनएनले जनाएको छ ।
अदालतमा, एन्गोरोनले पूर्व राष्ट्रपतिका वकिलहरूलाई ग्याग आदेशको “उल्लंघन” को लागि चेतावनी दिए । साथै उल्लङ्घनको परिणाम “कैद” हुन सक्ने बताए ।
ट्रम्पका वकिल क्रिस किसेले एन्गोरोनसँग माफी मागे।
प्रतिक्रिया