वासिङ्टन डीसीको क्यापिटल यहूदी संग्रहालयबाहिर भएको गोलीकाण्डमा इजरायली दूतावासका दुई कर्मचारीहरु यारोन लिस्चिन्स्की र साराह लिन मिलग्रिमको मृत्यु भएको छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआइ) ले घटनालाई लक्षित यहूदी विरोधी हमला मानेको छ।
घटनामा संलग्न भएको आरोपमा ३० बर्षिय इलियास रोड्रिगेज शिकागोका बासिन्दा पक्राउ परेका छन्। प्रत्यक्षदर्शीका अनुसार उनले गोली प्रहार गरेपछि “फ्री, स्वतन्त्र स्वतन्त्रप्यालेस्टाइन” भन्दै नाराबाजी गरेका थिए।
मृतक लिस्चिन्स्की इजरायली दूतावासको राजनीतिक विभागमा अनुसन्धानकर्ता थिए भने मिलग्रिम अमेरिका-इजरायल भ्रमण कार्यक्रम समन्वयकर्ताका रूपमा कार्यरत थिइन्। दुवै बीच प्रेम थिए भने चाँडै विवाह प्रस्ताव गर्ने योजना बनाएका थिए।
इजरायली विदेशमन्त्री गिदोन साअरले यो आक्रमणलाई “आक्टोबर ७ पछि विश्वभर फैलिएको यहूदी विरोधी विषाक्त प्रचारको प्रत्यक्ष परिणाम” भनेका छन्। अमेरिकी यहूदी समिति को कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरूलाई गोली प्रहार गरिएको हो।
अमेरिकी अधिकारीहरू र एफबिआइ टोलीले अनुसन्धान तीव्र बनाएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत उच्च अधिकारीहरूले घटनाको निन्दा गरेका छन्।
“हामी यस्तो घृणा र हिंसा सहन सक्दैनौं,” डिसीकि नगर प्रमख म्युरिएल बाउजरले भनिन । हालको जानकारी अनुसार शहरमा थप कुनै सक्रिय खतरा छैन।
प्रतिक्रिया