“एक रात्री भोजनको लागि औसत १ मिलियन डलर : राष्ट्रपति ट्रम्पको क्रिप्टो रात्रीभोजमा धनाढ्यहरूको भीड”

इनेप्लिज २०८२ जेठ ९ गते १०:५७ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रात्री भोज (डिनर )गर्न २०० भन्दा बढी धनी प्रायः अज्ञात क्रिप्टो लगानीकर्ता वाशिंगटन डिसी पुगेका छन्। एनबिसीन्यूजका अनुसार रात्री भोजनको दर अत्यन्तै चर्को रहेको छ । ५५ हजार डलरदेखि ३७.७ मिलियन डलरसम्म रहेको समाचारमा उल्लेख छ ।

यो रात्री भोजको निम्तो पाउने २२० जना विजेताहरूले राष्ट्रपति ट्रम्पको आफ्नै क्रिप्टो टोकन ट्रम्प खरिद गरेर प्रतिस्पर्धा जितेका थिए। ब्लकचेन विश्लेषक कम्पनी न्यानसेनका अनुसा सहभागीहरूले कुल३९४ मिलियन डलर खर्च गरेका छन् ।

यस अनुसार प्रत्येक सहभागीले औसत रूपमा १७.८ मिलियन डलर बराबरको ट्रम्पको क्रिप्टो(क्रिप्टोकरेन्सी – अङ्किय मुद्रा)खरिद गरेका थिए।

शीर्ष सात विजेताले १० मिलियन डलरभन्दा बढी खर्च गरेका थिए भने अन्तिम २४ जनाले १ लाख डलरभन्दा कम खर्च गरेका छन् । समाचारमा बताईए अनुसार ६७ जनाले त १० लाख डलरभन्दा बढी लगानी गरेका छन्।

यो रात्री भोज ट्रम्प राष्ट्रिय गल्फ क्लब वाशिंगटन डिसी मा आयोजना गरिएको हो। आयोजकका अनुसार राष्ट्रपति ट्रम्प यो डिनरमा अतिथि मात्र हुन्, तर क्रिप्टो ट्रम्पको ८० % हिस्सा ट्रम्प-सम्बद्ध प्रतिष्ठानहरूमा सिआइसि डिजिटल र फ्लाईट फ्लाईट एलएलसीसँग रहेको खुलासा गरिएको छ।

क्रिप्टो ट्रम्पको व्यापारबाट ट्रम्पसम्बद्ध संस्थाहरूले पनि आम्दानी गरिरहेका छन्। एक अनुसन्धान अनुसार प्रतियोगिता सुरु भएको दुई दिनभित्र मात्रै ९ लाख डलर बराबरको कारोवार शुल्क संकलन गरिएको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा यस्ता राजनीतिक सन्देशहरू पनि सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया