गाजाको खान युनिसमा हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु , र सम्पूर्ण भवन ध्वस्त :अस्पताल निर्देशक

इनेप्लिज २०८० कार्तिक २ गते ११:२९ मा प्रकाशित

गाजाको खान युनिसमा हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको र सम्पूर्ण भवन ध्वस्त भएको अस्पतालका निर्देशकले बताए ।

गाजा अस्पतालका महानिर्देशक र दक्षिणी गाजा शहरको अल-नासेर चिकित्सा केन्द्र (मेडिकल सेन्टर)का निर्देशक चिकित्सक मोहम्मद जाकौतका अनुसार खान युनिसको सम्पूर्ण शहरको भवनमा बिहीबार हवाई आक्रमणबाट ध्वस्त भएको जनाए ।

आज बिहान हवाई हमलाद्वारा पूरै शहरको भवन समुहलाई निशाना बनाएर ध्वस्त पारिएको छ । खान युनिसमा अल-मजाइदा र अल-बट्टा र फारेस परिवारका १३ जनाको ज्यान लिएको छ ।

अन्य २५ जना भग्नावशेषमुनि बेपत्ता भएको उनले सिएनएनलाई भने। उद्धारकर्मीहरूले बेपत्ताहरूलाई खोज्न “अथक प्रयास” गरिरहेका समेत उनले जानकारी गराए ।

प्रतिक्रिया