इजरायल-प्यालेस्टाइन हिंसामा कम्तीमा १७ पत्रकार मारिए: सिपिजे

इनेप्लिज २०८० कार्तिक १ गते ११:२८ मा प्रकाशित

इजरायल-प्यालेस्टाइन हिंसामा कम्तीमा १७ पत्रकार मारिएको सिपिजेले जनाएको छ ।

जसमा १३ प्यालेस्टिनी, तीन इजरायली र एक लेबनानी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट( पत्रकारको सुरक्षाको लागि समिति )को प्रतिवेदन अनुसार इजरायल-प्यालेस्टाइन हिंसामा हालसम्म ४,००० भन्दा बढी मारिएका मध्ये कम्तीमा १७ पत्रकारहरू छन्। जसमा १३ प्यालेस्टिनी, तीन इजरायली र एक लेबनानी रहेका छन् ।

यी सबै पत्रकारहरू मृत्यु हुनुअघि आफ्नो पेशागत कर्तब्य (ड्युटी)मा थिए वा थिएनन् भन्नेबारे प्रतिवेदनमा अनिश्चित रहेको न्यूज लन्ड्रीले जनाएको छ ।

अमेरिकामा रहेको गैरनाफामूलक संस्थाका अनुसार आठ पत्रकार घाइते भएका छन् भने तीनजना बेपत्ता वा हिरासतमा परेका छन् । सिपिजेले “अन्य पत्रकार मारिएको, बेपत्ता, हिरासतमा परेको, चोटपटक वा धम्की दिएको, र संचारगृह कार्यालय र पत्रकारको घरमा क्षति पुगेको अपुष्ट प्रतिवेदन/विवरणहरूको पनि छानबिन गरिरहेको छ”।

सिपिजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक, शेरिफ मन्सुरले भने, “सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।” “यस हृदयविदारक द्वन्द्वलाई समाचार संकलन गर्नका लागि क्षेत्रभरका पत्रकारहरूले ठूलो त्याग गरिरहेका छन्। सबै पक्षहरूले उनीहरूको सुरक्षा सुनिश्चित गर्न कदम चाल्नुपर्छ।

मृत्यु हुनेहरुमा मोहम्मद बलौसा, सलाम मेमा, इसाम भर, हुसम मुबारक, इसाम अब्दुल्लाह, अहमद शेहाब, मोहम्मद फयेज अबु माटर, सईद अल-तवील, मोहम्मद सोभ, हिशाम अलनवाझा, असद शमलाख, शाई रेगेभ, आयलेट अर्निन, यानिभ जोहर, मोहम्मद अल-साल्ही, मोहम्मद जार्गौन, र इब्राहिम मोहम्मद लाफी रहेका छन् ।

सिपिजे प्रतिवेदनले मृतक पत्रकारहरू, उनीहरूका रोजगारदाताहरू र उनीहरूलाई कसरी मारिए भन्ने विवरणहरू उद्धृत गरेको छ। हमासको आक्रमणमा मारिएका १७ जनाको सूचीमा तीन इजरायली पत्रकार पनि परेका छन् ।

प्रतिक्रिया