अमेरिकी पावरबल चिट्ठा कसैले सबै अङ्क मिलाउन सकेन ,बुधबारका महा भाग्यशालीले बिजेताले १.२ बिलियन (अर्ब ) डलर बाजी मार्ने

इनेप्लिज २०८० असोज १६ गते ९:३८ मा प्रकाशित

इतिहास कै तेश्रो ठुलो चिट्ठा

गत बुधबार राती खुलेको अमेरिकी पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि रकम वृद्धिको साथै आगामी बुधबार फेरि खुल्ने भएको छ । गत सोमबार उक्त चिट्ठाको कूल रकम १ बिलियन अर्थात् १ अर्ब डलर पुगेको थियो । सोमबार सबै अङ्क कसैको पनि नमिले पछि अब उक्त पावरबल चिट्ठा बिजेता हुने अबको महाभाग्यशालीले १.२ बिलियन डलर हात पार्ने भएका छन् ।

गत सोमबार ,खोलिएको चिट्ठाका अङ्कहरु क्रमस १२,२६,२७ ,४३ ४७ सेतो बल (भकुण्डो) तथा ५ अङ्क रातो बल(भकुण्डो) रहेको थियो । कसैले पनि ५ अङ्कहरु पुरै नमिलाएको कारण अब बुधबार अक्टोबर ४ मा खुल्ने छ । र ,बिजेताले १.२ बिलियन डलर प्राप्त गर्ने पावरबल व्यवस्थापनले जनाएको छ ।

यो इतिहास कै तेश्रो ठुलो चिट्ठा हुनेछ भने यो बर्ष कै सबै भन्दा ठुलो चिट्ठा भएको ब्यवस्थापनले जनाएको एबिसीन्युजले समाचार लेखेको छ ।

गत सोमबार खोलिएको चिट्ठाको नगद मूल्य ५५१.७ मिलियन डलर रहेको थियो भने तर उक्त चिट्ठा कसैले हात नपरे पछि त्यसको मुल्य अझ बढ्ने भएको छ ।

यद्यपि डेलावेयर र मिशिगनमा खरिद गरिएका दुईवटा टिकटहरूमा सबै पाँचवटा सेतो बल(भकुण्डो )सँग मेल खाए पछि १० लाख डलर पुरस्कार जित्न सफल भएका छन्

यस्तै न्युयोर्क र साउथ क्यारोलाइनाआमा बेचिएका अन्य दुई टिकटहरूका सबै पाँचवटा सेतो बल(भकुण्डो)हरूसँग मेल खाएको र पावर प्ले खेल समावेश भएको कारण २० लाख डलर जितेको पावरबल व्यवस्थापनले जानाएको छ ।

यसअघि जुलाई १९ मा ठूलो राशिको चिट्ठा क्यालिफोर्नियामा खरिद गरिएको खरिदकर्ताले सबै पाँचवटा सेतो बल(भकुण्डो) र रातो पावरबल(मुख्य भकुण्डो)मिलाई १.०९ बिलियन (अर्ब )डलर जितेका थिए ।

चिट्ठा विजेताहरूले तत्काल सबै नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्। अहिले सम्म कै सबैभन्दा ठूलो चिट्ठा नोभेम्बर २०२२ मा क्यालिफोर्नियाका एक बिजेताले २.०४ बिलियन डलर जितेका थिए ।

पावरबल ४५ राज्यका साथै वाशिंगटन डिसी, पुर्टो रिको र युएस भर्जिन टापुहरूमा समेत खेलिन्छ।

प्रतिक्रिया