१२ दिनसम्म टर्कीको गुफामा फसेका अमेरिकी नागरिकको उद्धार

इनेप्लिज २०८० भदौ २५ गते २२:२९ मा प्रकाशित

१२ दिनसम्म टर्कीको गुफामा फसेका अमेरिकी नागरिक मार्क डिकीको उद्धार गरिएको छ । ४० वर्षीय डिकी गत अगस्त ३१ मा बिरामी भएपछि भूमिगत रुपमा त्यहाँ फसेका थिए।

४० वर्षीय डिकी अगस्त ३१ देखि सतहबाट ३,४०० फिटभन्दा तल बिरामी परे पछि भूमिगत रुपमा फसेका थिए। डिकीलाई स्थानीय समय अनुसार मंगलबार बिहान १२:३७ बजे गुफाबाट निकालिएको छ ।

टर्कीको उद्धारमा जुटेको टर्की गुफा संगठनले उक्त कार्यसंचालन (अपरेसन)लाई “सफल” भनी घोषणा गरेको छ । “हामी योगदान गर्ने सबैलाई बधाई दिन्छौं!” गुफा संगठनले भनेको छ ।

घटनास्थलबाट लिइएको अङ्कियदृश्य (भिडियो)मा डिकीलाई बिरामी बोक्ने खाट (स्ट्रेचर)मा सुतिरहेको देखाइएको छ भनि एबिसीन्यूजले जनाएको छ । उनी फसेको १२ दिन पछि गुफाबाट उठाइएको छ ।

उनको उद्धारको लागी हंगेरी गुफा उद्धार सेवा आइतवार आइ पुगेको थियो भने उनलाई मुनि नै औषधि उपचार गर्दै माथि ल्याइएको छ ।

दक्षिणी टर्कीको टोरस शिखरमा रहेको मोर्का गुफामा केही अन्य व्यक्तिहरूसँग अभियानको क्रममा पेटमा रगत बगेर अचानक बिरामी परेका डिकीलाई बचाउन युरोपभरका उद्धारकर्ताहरू गुफामा पुगेका थिए ।

प्रतिक्रिया